Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अफगानिस्तानको राजधानी काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति घानीले बोलाए आपतकालीन बैठक

अफगानिस्तानको राजधानी काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति घानीले बोलाए आपतकालीन बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३१, २०७८ आइतवार • १७:००:०५ बजे
  • 1.0K
    SHARES
  • अफगानिस्तानको राजधानी काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति घानीले बोलाए आपतकालीन बैठक

    अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका छन् ।

    images

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् । यसअघि शनिबार घानीले एक वक्तव्य जारी गर्दै मुलुक गम्भीर खतरामा रहेको बताएका थिए ।

    घानीले अफगानिस्तानको सुरक्षालाई सशक्त बनाउने र सेनालाई संगठित गर्ने प्रयास भइरहेको बताएका थिए । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको छ ।

    अमेरिकाले आफ्ना नागरिकको सुरक्षाको लागि थप पाँच हजार सेना काबुल पठाएको छ । त्यस्तै उसले आफ्ना नागरिक र दूतावासका कर्मचारीको पनि काबुलबाट हेलिकप्टरबाट उद्धार गरिरहेको छ ।

    यसैबीच तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुल नछिर्न निर्देशन दिइएको दाबी गरेको छ । तालिबानले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिइएको बताएको छ । काबुल घना बस्ती भएको क्षेत्र भएकाले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लडाकुहरुलाई बाहिरै बस्न निर्देशन दिइएको तालिबानको दाबी छ ।

    तालिबानले अहिले सत्ता शान्तिपूर्णरुपमा हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यद्यपि काबुलको धेरै क्षेत्रमा तालिबानको झण्डा देखिएको र तालिबानका लडाकुहरु पनि सडकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही क्षेत्रमा गोली चलेको आवाज सुनिएको पनि समाचारमा उल्लेख छ ।

    एजेन्सीहरुको सहयोगमा

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology