Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी द्वारा सरकारलाई ध्यानाकर्षण तुइन प्रकरणदेखि बेलायतको अनसनसम्म

माओवादी द्वारा सरकारलाई ध्यानाकर्षण तुइन प्रकरणदेखि बेलायतको अनसनसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७८ आइतवार • १८:३४:२९ बजे
  • 802
    SHARES
  • माओवादी द्वारा सरकारलाई ध्यानाकर्षण तुइन प्रकरणदेखि बेलायतको अनसनसम्म

    नेकपा केन्द्रीय कमिटीको काठमाडौंमा जारी बैठकमा प्रस्तुत समसामयिक प्रस्तावमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।माओवादीको बैठकमा आइतबार नेता नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको समसामयिक प्रस्तावका विषयहरु ध्यानाकर्षषको उल्लेख छ ।

    images

    १. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो । यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने ।

    २. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने ।

    ३. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने ।

    ४.सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने ।

    ५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने ।

    ६. अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology