Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पवनदीप राजन बने इण्डियन आइडल १२ को विजेता

पवनदीप राजन बने इण्डियन आइडल १२ को विजेता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७८ सोमवार • ०९:३२:५६ बजे
  • 1.0K
    SHARES
  • पवनदीप राजन बने  इण्डियन आइडल १२ को विजेता

    भाारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । अरुणिता उपाधीदेखि एक कदम पछि रहँदै फर्स्ट रनरअप बनिन् ।

    images

    त्यस्तै सायली कांबले सेकेन्ड रनरअप बन्दा मोहम्मद दानिश चौथो नम्बरमा आए । प्रतिस्पर्धाको पाँचौं स्थानमा निहाल तारो आए भने छैटौं स्थानमा शनमुख प्रिया आइपुगिन । भारतको उत्तर प्रदेशका चंपावतका बासिन्दा पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक बनेकी थिइन् । पवनदीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै एक स्विफ्ट कार र २५ लाख भारु पुरस्कार स्वरुप पाए । उत्कृष्ट ६ जनाबीच प्रतिस्पर्धा भएको इण्डियन आइडलको इतिहासमै पहिलो पटक भएको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा ५ जना कलाकारहरुबीच मात्रै प्रतिस्पर्धा हुन्थ्यो ।

    यो प्रतिस्पर्धामा पवनदीप राजन मात्रै त्यस्ता गायक हुन, जसले गीत गाउनुका अलावा थुप्रै सांगितिक बाद्ययन्त्रहरु पनि बजाउँछन । उनले सांगीतिक ज्ञान आफ्ना पिता सुरेश राजन र काका सतिस राजनबाट पाएका हुन । पवनदीपका पिता सुरेश राजन कुमाउँ क्षेत्रका लोकप्रिय गायक हुन । पवनका हजुरबुवा स्वर्गीय रति राजन पनि लोकप्रिय लोक गायक थिए । प्रतिस्पर्धाकै क्रममा निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको प्रतिक्रिया दिएका थिए ।

    फाइनल प्रतिस्पर्धा अन्तर्गतको भब्य सांगितिक समारोहमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # पवनदीप राजन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology