Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपति भवन कब्जा गरेसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा

राष्ट्रपति भवन कब्जा गरेसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • ०९:५८:१२ बजे
  • 658
    SHARES
  • राष्ट्रपति भवन कब्जा गरेसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा

    एजेन्सी । काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका तालिवान विद्रोहीले अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका छन् । देशभर कब्जा गर्दै आइरहेको तालिवानसँग सत्ता साझेदरीका लागि वार्ता भइरहँदा आइतबार राष्ट्रपति अशरफ गानीले देश छाडेर भागेका थिए ।

    images

    गानी देश छाडेर भागेसँगै तालीवानले आइतबारनै काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेको थियो । राष्ट्रपति भवन छिरेसँगै तालीवानले राष्ट्रपति कार्यालयको कुर्सीमा बसेर विभिन्न तस्बिरहरू सार्वजनिक समेत गरेको छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’

    तस्वीर : सामाजिक सञ्जाल

  • सम्बन्धित विषय:

  • # तालिवान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology