Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • १०:०६:५४ बजे
  • 2.4K
    SHARES
  • अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडे

    एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

    images

    सुरक्षाका कारण घानी  कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन। समाचार संस्था एपीले स्रोतहरूलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छोडेको बताएको छ।

    तालिबानका एक जना प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे आफूहरूले खोजी गरिरहेको बताएका छन्। यसअघि आइतबार दिउँसो शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणका लागि तालिबान प्रतिनिधिहरू राष्ट्रपति कार्यालय गएका थिए।

    तालिबानहरूले  काबुललाई आफूहरूले बलपूर्वक नियन्त्रणमा नलिने बताएका थिए। उनीहरूले हरेक नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने उल्लेख गर्दै कसैलाई पनि देश नछोड्न भनेका थिए। 

    आइतबार दिउँसो काबुलको हमिद कारजाई विमानस्थलमा केही उच्च सरकारी अधिकारीहरू आएको विवरण सार्वजनिक भएका थिए। राष्ट्रपति  घानी पनि त्यही बेला विमानस्थल पुगेको अनुमान गरिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology