Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तान छाड्न चाहनेहरुको विमानस्थलमा भागदौड, काबुल विमानस्थलको 'रनवे'मै तछाडमछाड

अफगानिस्तान छाड्न चाहनेहरुको विमानस्थलमा भागदौड, काबुल विमानस्थलको 'रनवे'मै तछाडमछाड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • ११:१८:०२ बजे
  • 625
    SHARES
  • अफगानिस्तान छाड्न चाहनेहरुको विमानस्थलमा भागदौड, काबुल विमानस्थलको 'रनवे'मै तछाडमछाड

    पोखरा । अफगानिस्तान तालिवानले कब्जामा लिइसकेको छ।

    images

    यहाँका राष्ट्रपति असरफ घानीले देश छाडिसकेका छन्। तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति भवनबाट ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’को घोषणा गर्ने बताइएको छ। यस्तो अवस्थामा धेरैले अफगानिस्तान छाड्न खोजिरहेका छन्।

    आइतवार रातिबाट काबुल विमानस्थलको कारुणिक दृश्यहरु बाहिर आइरहेका छन्। यहाँ मानिसहरु सुरक्षित स्थानतर्फ जानका लागि रनवेमा दौडिरहेका छन्। कोही विमानको लागि लाइनमा उभिएका छन् भने को भागदौडमा छन्।

    विमानस्थलबाहिर गोलाबारी भएको आवाज आएसँगै मानिसहरु दौडिएको दृश्य देखिन्छ। त्यसैगरी मानिसहरु विमानमा चढ्नका लागि तछाडमछाड गरिरहेको दृश्य पनि बाहिरिएको छ।

    बस नपाउँदा सडकमा यात्री खाँदिएको झल्को दिने दृश्य काबुल विमानस्थलमा सोमवार देखिएको छ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology