Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • १५:१०:३७ बजे
  • 433
    SHARES
  • संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    पोखरा । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    images

    उनका अनुसार सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

    सर्वोच्च अदालतबाट संसद्को पुनर्स्थापना भएपनि सरकारले बिजनेस नदिएर संसदललाई बिजनेसविहीन बनाएको थियो। सरकारले सदनलाई बिजनेसविहीन बनाएको भन्दै सांसदहरूले संसद्मा बारम्बार ध्यानाकर्षण गराइरहेका थिए।

    सभामुख सापकोटा सदनलाई प्रभावकारी बनाउन  चुकेको उनीहरुको भनाई थियो। सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology