Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तालिवान

१५० नेपालीसहित विदेशी बसिरहेको होटल छाड्न तालिवानको आदेश

१५० नेपालीसहित विदेशी बसिरहेको होटल छाड्न तालिवानको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७८ सोमवार • १८:३०:२१ बजे
  • 1.1K
    SHARES
  • १५० नेपालीसहित विदेशी बसिरहेको होटल छाड्न तालिवानको आदेश

    पोखरा । तालिवानले काबुलको एक होटलमा बसिरहेका झन्डै एक सय ५० जना नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारकर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । 

    images

    तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।

    ‘हामीलाई तुरुन्तै होटल छोड्नुपर्ने तालिवानको आदेश छ । उनीहरु होटलमा छन्’, एक नेपाली सुरक्षा गार्डले भने,‘हामी विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएका छौं । अब यहाँबाट विमानस्थल जाने तरखरमा छौं ।’

    तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी दिएको उनले बताए । होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ । उनीहरु आइतबार बिहान काबुलस्थित दूतावासको परिसरबाट होटल आएर बसेका थिए । ‘हिजो हामीलाई क्याम्पबाट निस्कन पनि दुई घण्टाको समय दिएका थिए । अमेरिकी सेनाले दूतावास रहेका क्षेत्रबाट हेलिकप्टरबाट नै साथीहरुलाई विमानस्थल लगेर राखेको थियो । तोकिएको समयमा हेलिकप्टरबाट मात्रै जान सम्भव नभएपछि हामी गाडीबाट होटलमा आएर बसेका थियौं,’ उनले भने, ‘हामीमाथि कुनै नराम्रो दुर्व्यवहार गरिएको छैन ।’

    अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् । यो समाचार होम कार्कीले कान्तिपुरमा लेखेक छन ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology