Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

 नेकपा एमालेको स्थायी समिति र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

 नेकपा एमालेको स्थायी समिति र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७८ मंगलवार • ११:२६:४८ बजे
  • 691
    SHARES
  •  नेकपा एमालेको स्थायी समिति र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

     नेकपा एमालेको आज स्थायी कमिटी र संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक बस्ने जनाइएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले बैठक बोलाएका हुन ।

    images

    सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै ओलीले आपत्ति प्रकट गरेका छन । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन ।

    यससँगै सरकारले दल विभाजसम्बन्धी अध्यादेश ल्याउने आशंका गर्दै एमालेले छलफलका लागि स्थायी समिति र संसदीय दलको बैठक बोलाएको हो । पार्टीको विवाद अन्त्य गरेर एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर नेपाल पक्ष सहभागी हुने या नहुने भन्नेबारे केही खुलाइएको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology