Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वली र अजय शाहीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई बुझायो पत्र

वली र अजय शाहीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई बुझायो पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७८ मंगलवार • १३:१७:२४ बजे
  • 679
    SHARES
  • वली र अजय शाहीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई बुझायो पत्र

    प्रदेश सरकारमा बिना विभागीय मन्त्री अजय शाही र सांसद् विमला वली खत्रीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ । एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला वलीले पार्टीको विधान र संसदीय दलको विधान नियमविपरीत र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिए ।

    images

    अजय शाहीले २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १(ख)बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला वलीले एमाले नेता उत्तरकुमार वली निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन् ।

    शाहीले आफूलाई स्वतन्त्र सांस्द् भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् भने बिमला ओली खत्री कहिले एमाले कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology