Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माधव नेपालद्वारा दल विभाजनका लागि हस्ताक्षर संकलन, सबै जिम्मेवारी राजेन्द्र पाण्डेलाई

माधव नेपालद्वारा दल विभाजनका लागि हस्ताक्षर संकलन, सबै जिम्मेवारी राजेन्द्र पाण्डेलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७८ मंगलवार • १६:३५:४३ बजे
  • 964
    SHARES
  • माधव नेपालद्वारा दल विभाजनका लागि हस्ताक्षर संकलन, सबै जिम्मेवारी राजेन्द्र पाण्डेलाई

    पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुकाे हस्ताक्षर संकलन गरेका छन्।

    images

    विभाजनका लागि आवश्यक पर्ने संख्यामा केन्द्रीय सदस्यहरुकाे हस्ताक्षर जुटिसकेकाे श्राेतले जनाएको छ। माधव नेपालले नयाँ दल निर्माणका लागि आवश्यक कागजात र बन्दाेबस्तीकाे व्यवस्थापनका लागि नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएका छन्।

    पाण्डे हस्ताक्षर संकलनसहित अन्य आवश्यक कागजात जुटाउन लागि परेका छन्।एमाले विवाद उत्कर्षमा रहँदा पाण्डेले माधव नेपाल ओलीसँग मिल्न गए पनि आफू नजाने बताउने गरेका थिए।

    केही दिनअघि माधव समूहकाे आन्तरिक बैठकमा पनि पाण्डेले माधव नेपाल गए पनि आफू केपी ओलीसँग मिल्न नजाने बताएका थिए।

    उनै पाण्डेलाई माधव नेपालले दल विभाजन सम्बन्धी हस्ताक्षरसहितका कागजात जुटाउने जिम्मेवारी ताेकेका हुन्। सरकारले दल विभाजन गर्न सजिलाे हुने गरि आजै अध्यादेश जारी गर्दै छ। त्यसकाे निर्णय लिन अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेकाे छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology