Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिन्ह सूर्य

माधव नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिन्ह सूर्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७८ बुधवार • ०९:४६:४० बजे
  • 1.5K
    SHARES
  • माधव नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिन्ह सूर्य

    नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । नेपाल समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

    images

    पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको थियो । अन्ततः पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब करिब टुंगोमा पुगेको सो पार्टीका नेताहरुले बताएका छन् । तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले भने, “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।

    विभिन्न कानुनी अड्चनका कारण सूर्य चिन्ह कसरी हुन सक्छ ? भन्ने प्रश्नमा चौधरीको जवाफ थियो, “उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । तर हामीले सूर्य छाड्दैनौँ ।” नेपाल पक्षले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुको छ । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology