Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समर्थकलाई गगन थापाको सुझाव : अध्यादेशको विरोध गर्ने भए माफी माग्नोस्

ओली समर्थकलाई गगन थापाको सुझाव : अध्यादेशको विरोध गर्ने भए माफी माग्नोस्

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७८ बुधवार • १०:२३:५९ बजे
  • 502
    SHARES
  • ओली समर्थकलाई गगन थापाको सुझाव : अध्यादेशको विरोध गर्ने भए माफी माग्नोस्

    पोखरा । नेपाली काँग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । ‘ हिजो गलत,आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनहुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

    images

    यसको साथै उनले ओली सरकारले यही अध्यादेश ल्याउँदा समर्थन गर्नेहरूसँग भने यस अध्यादेशको विरोध गर्ने अधिकार नभएको बताएका छन् । उनले अहिले विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।
    सामाजिक सञ्जालमा उनले लेखेका छन् :

    संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत, सधैँ गलत,जसले गरे पनि गलत ।

    हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनहुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।

    सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनहुँदैन। विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology