पोखरा । आफूलाई गैरकानुनी ढङ्गले हटाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नितुक्त गरेको भन्दै पुनर्बहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ ।
आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको थियाे ।
आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणबिना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो ।
मन्त्रीपरिषद् निर्णयले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो। यसविरुद्ध शाक्य सोमबार सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतलाई विपक्षी बनाईएको छ