Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा विवाद

भैँसेपाटीस्थित निवासमै पुगेर अध्यक्ष प्रचण्डले भेटे उपाध्यक्ष गौतमलाई

भैँसेपाटीस्थित निवासमै पुगेर अध्यक्ष प्रचण्डले भेटे उपाध्यक्ष गौतमलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७७ मंगलवार • १३:२३:५७ बजे
  • 1.3K
    SHARES
  • भैँसेपाटीस्थित निवासमै पुगेर अध्यक्ष प्रचण्डले भेटे उपाध्यक्ष गौतमलाई
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म भैँसेपाटीस्थित गौतम निवासमा भएको भेटमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको थियो ।

    ओलीको सपोर्ट हुनेगरी ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका गौतमलाई भेट्न बिहान ११ बजे प्रचण्ड गौतम निवास पुगेका थिए । झण्डै एकघन्टा छलफल गरेर प्रचण्ड फर्किएका छन् । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले पार्टी भित्रको विवादमा छलफल भएको जानकारी दिए । एकाएक आफूलाई सहयोग हुनेगरी गौतमले ६ बुँदे प्रस्ताव तयार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली गएको १३ गते बेलुकी एक्कासी भैँसेपाटी पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology