Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट खारेज

प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट खारेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७८ बुधवार • १५:५८:०० बजे
  • 895
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट खारेज

    प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको २९ वटा रिट सर्वोच्च अदालतले खारेज गरेको छ । बुधबार संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ।

    images

    जेठ ७ गते मध्यराति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनरिद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालसहित १४६ जना सांसद्ले रिट हालेका थिए । विघटन मुद्दामा कानुन व्यवसायीहरुले पिआइएल (सार्वजनिक सरोकारको विषय) प्रयोग गरेर सर्वोच्चमा २९ वटा रिट दायर गरेका थिए ।

    सरोकारवाला शेरबहादुर देउवासहितको निवेदन सुनुवाइ भएर फैसला भइसकेको भन्दै संवैधानिक इजलासले अन्य रिट खारेज गरेको हो । जेठ ११ मा विघटनविरुद्ध र पक्षमा समेत गरी ३० वटा रिट दर्ता गरेर सर्वोच्चले सुनुवाइ गरेको थियो । सुनुवाइ सुरु भएको ३९ दिनमा कांग्रेस सभापति देउवाको रिटमा बहस सकिएको थियो । असार २९ मा संवैधानिक इजलासले ‘विघटन बदर’ गर्ने फैसला गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न ‘परमादेश’ जारी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा विघटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology