Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजनीतिक दलसम्बन्धीअध्यादेश जारी पछि नयाँ दल दर्ता गर्न ठाकुर पक्ष निर्वाचन आयोगमा

राजनीतिक दलसम्बन्धीअध्यादेश जारी पछि नयाँ दल दर्ता गर्न ठाकुर पक्ष निर्वाचन आयोगमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७८ बुधवार • १६:१३:२८ बजे
  • 640
    SHARES
  • राजनीतिक दलसम्बन्धीअध्यादेश जारी पछि नयाँ दल दर्ता गर्न ठाकुर पक्ष निर्वाचन आयोगमा

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेको छ । नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।

    images

    ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ । 

    ठाकुर पक्षका एक नेताका अनुसार अब नयाँ पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ । राजेन्द्र महतो नयाँ पार्टीमा वरिष्ठ नेता बन्ने पक्कापक्की भएको छ ।

    ​जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् । नयाँ पार्टीमा २३ सदस्यहरू रहने बताइएको छ । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) हरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।

    यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology