Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता,माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता,९५ केन्द्रीय सदस्य

निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता,माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता,९५ केन्द्रीय सदस्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७८ बुधवार • १७:११:३३ बजे
  • 1.9K
    SHARES
  • निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता,माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता,९५ केन्द्रीय सदस्य

    पोखरा । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।  एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

    images

    विवाद भएकोले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकोले सो चिन्ह पनि हुनसक्ने पाण्डेले बताए ।  दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने उनको भनाई छ । 

    एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत पाण्डेले आग्रह गरे । उनले केपी शर्मा ओली सुध्रिएर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने उल्लेख गरे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology