वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले छाडेर नयाँ दल दर्ता गरेपछि पहिलोपटक अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक मन्तव्य दिँदैछन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भक्तपुरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सो कार्यक्रमलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले भक्तपुरले जनाएको छ । चुनदेवीस्थित इम्पेरियल बैंक्वेटमा दिउँसो २ बजे कार्यक्रमको आयोजना गरिएको जनाएको छ । तत्काललाई एमालेबीचमै एकताको सम्भावना टरेको सन्दर्भमा नेता, कार्यकर्तालाई ओलीको विशेष सम्बोधन आउने नेताहरुको अनुमान छ ।