भारतीय मिडियाले हरेकदिन जस्तै नेपालविरुद्ध अतिरञ्जित समाचार सार्वजनिक गर्नेक्रम जारी छ । नेपाल-भारत सीमा विवाद उत्कर्षमा पुगेसँगै भारतीय मिडिया नेपालविरुद्ध लागि परेका छन् । पछिल्ला केहीदिनदेखि नेपाललाई चीनसँग जोडेर निरन्तर भारतीय मिडियाले प्रचार गरिरहेका छन् । इण्डिया टुडे, हिन्दुस्तान टाइम्स, इण्डियन एक्सप्रेस लगायतका सञ्चारमाध्यमले नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले नियमित प्रक्रिया अन्तरगत बिओपी बनाउन थालेको विषयलाई 'चीनले भनेर नेपालले गरेको' भन्दै समाचार बनाएका छन् । लिपुलेक नजिकै चिनियाँ सेनाले ठूलोमात्रामा सैन्य उपस्थिति बढाएपछि भारतले एकपछि अर्को गर्दै गलत र भ्रामक समाचार सार्वजनिक गर्नेक्रम बढेको छ । नेपालका हरेक कदमकापछि भारतीय मिडियाले चीनको सक्रियता देख्ने गरेका छन् ।
हेर्नुस् विभिन्न सञ्चारमाध्यममध्येको एक आजतकमा प्रकाशित समाचार
चीनले एकातिर पाकिस्तानलाई पूर्णरुपमा सहयोग गरिरहेको छ भने अर्कोतिर नेपाललाई उकास्ने काम गरेको छ । नेपालले चीनको उक्साहटमा लागेर नेपाल -भारत सीमा क्षेत्रमा आफ्ना गतिविधि बढाएको छ । नेपालले सीमा क्षेत्रमा २ सय भन्दा धेरै नयाँ बोर्डर आउट पोष्ट (बिओपी) बनाउन तिब्रता दिएको छ । यो काम नेपालले पहिले गरेको थिएन । भारतीय गृह मन्त्रालय स्रोतका अनुसार नेपालले अहिलेसम्म खलंगा, छाङरु र झुलाघाटपछि पञ्चेश्वरको रोलघाटमा पनि बिओपी बनाएर सशस्त्र प्रहरी बलका जवान तैनाथ गरिदिएको छ । नेपालले लिपुलेखको नजिकै पनि बिओपी बनाइरहेको छ । नेपाल-भारत सीमा क्षेत्रमा भारतले सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का झण्डै ५ सय बिओपी तैनाथ गरिसकेको छ । नेपाल पनि भारतसँग बराबरी गर्न जुटेको छ । नेपालले पनि ४ सय देखि ५ सय बिओपी बनाउन सुरु गरिसकेको छ । भारतीय उच्च सुरक्षा स्रोतले अहिले नेपालको तर्फबाट जम्मा १ सय ३० बिओपी रहेको छ । नेपालले ठूलो संख्यामा बिओपी थप्नु खतरनाक संकेत हो । नेपाल-भारत सीमामा कयौँ हेलिप्याड स्रोतका अनुसार लकडाउन र सीमा विवादकाबीच नेपालले आफ्नो सीमामा उपस्थिति बलियो बनाएको छ । नेपालको झुलाघाटस्थित सीमा पुरमा अस्थायी चौकी बनाएर जवान तैनाथ गरेको छ । झुलाघाट बिओपीमा एपिएफका दुई दर्जन भन्दा धेरै जवान तैनाथ भएका छन् । सशस्त्र प्रहरीले पुल नजिकै अस्थायी बंकर पनि बनाएको छ । आजतकलाई स्रोतले दिएको जानकारी अनुसार लिपुलेखको नजिकै नेपालले गरबाधार र झाङरुमा दुई हेलिप्याड बनाएको छ । भारतीय सुरक्षा एजेन्सीले हेलिकप्टरका गतिविधि देखेका छन् । अहिले कयौँ जग्गामा निर्माण कार्य जारी राखिएको छ । सुरक्षा एजेन्सीले नेपालले सुस्तामा पनि एक हेलिप्याड बनाएको जानकारी दिएको छ । यो बिहारको पूर्वी चम्पारणको नजिक पर्छ । यो क्षेत्र बाढी प्रभावित क्षेत्रमा पर्छ । सुस्ता सीमा विवाद भएको ठाउँ हो । जहाँ नेपालले चलाखी गरेर हेलिप्याड बनाइसकेको छ । नेपालले अर्को हेलिप्याड त्रिवेणीको आर्मी क्याम्प नजिक बनाएको छ । उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको नजिकै नवलपरासीमा पनि नेपालले अर्को हेलिप्याड बनाएको छ । यो सीमाबाट जम्मा १० किलोमिटरको दूरीमा पर्छ ।