Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज प्रचण्ड, माधव र बाबुराम एउटै मञ्चमा उभिँदै

आज प्रचण्ड, माधव र बाबुराम एउटै मञ्चमा उभिँदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७८ बिहिवार • ११:०४:३६ बजे
  • 1.8K
    SHARES
  • आज प्रचण्ड, माधव र बाबुराम एउटै मञ्चमा उभिँदै

    पोखरा । आधिकारिक रुपमै एमाले बिभाजन भएपछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।

    images

    आज (बिहीबार)नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।

    अन्तर्क्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड हुनुहुन्छ भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहनुभएको छ । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology