Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भेटघाट

‘प्रचण्ड’ र माधव नेपाल बालुवाटार पुगे, प्रधानमन्त्री देउवासँग छलफल जारी

‘प्रचण्ड’ र माधव नेपाल बालुवाटार पुगे, प्रधानमन्त्री देउवासँग छलफल जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७८ बिहिवार • ११:०९:५५ बजे
  • 760
    SHARES
  • ‘प्रचण्ड’ र माधव नेपाल बालुवाटार पुगे, प्रधानमन्त्री देउवासँग छलफल जारी

    पोखरा । एमाले विभाजनको २४ घण्टा न बित्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन ।

    images

    माओवादी केन्द्र र एमाले समाजवादीका अध्यक्ष बालुवाटार पुग्नुलाई महत्वका साथ हेरिएको छ । सत्ता साझेदारका रुपमासमेत रहेका यी दलहरुबीच आजै मन्त्री बाँडफाँड गर्ने सम्भावना पनि बलियो छ । यद्यपि यो भेटलाई बाहिर भने राजनीतिक भेट मात्रै भनिएको छ ।

    एमाले तथा जनता समाजवादी पार्टी जसपा टुक्याउन सहज हुनेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएका थिए। । त्यसपश्चात एमालेमा माधव नेपाल र उता जसपाका महन्थ ठाकुरले छुट्टै छुट्टै पार्टी दर्ता गरिसकेका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology