Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिलो महिला मुख्यमन्त्री

नेपालको इतिहासमै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी, को हुन् अष्टलक्ष्मी शाक्य ?

नेपालको इतिहासमै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी, को हुन् अष्टलक्ष्मी शाक्य ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७८ बिहिवार • ११:१५:५४ बजे
  • 1.6K
    SHARES
  • नेपालको इतिहासमै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी, को हुन् अष्टलक्ष्मी शाक्य ?

    पोखरा । नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्यले पाउनु भएको छ । नेकपा एमाले विधिवत् रुपमा विभाजित हुँदा संस्थापन पक्ष एमाले नै रोजेपछि शाक्यलाई मुख्यमन्त्री बन्ने अबसर जुर्यो ।

    images

    उहाँले बुधबार राति नै बागमति प्रदेशका प्रमुख विष्णु प्रसाईँबाट नियुक्ति पाउनु भएको छ । उहाँले आफ्नो नियुक्ति मात्रै पाउनु भएन, एउटा गहन इतिहास पनि लेखाउनु भएको छ । मुलुक संघियतामा गएर सात प्रदेशमा छुट्टा छुट्टै सरकार ठन हुँदा पनि महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिएनन् ।

    तत्कालीन नेकपा विभाजित भएर तत्कालीन मुख्यमन्त्रीहरु फेरबदल हुँदा पनि महिलाहरुले मुख्यमन्त्री बन्ने अबसर पाएका थिएनन् । उहाँले मुख्यमन्त्रीको महिला इतिहास मात्रै बनाउनु भएन ।

    उहाँले एमालेका मुख्यमन्त्रीहरु गुम्दै जाँदा एमालेकै मुख्यमन्त्री कायमसमेत गर्नुभएको छ । एमालेकै सत्ता रहेको बाग्मतिमा निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्यले एमालेकै तर्फबाट संसदीय दलको नेतासँगै मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

    को हुन् अष्टलक्ष्मी शाक्य ?

    बि।स २०१० मा काठमाडौंमा जन्मिनु भएकी शाक्यले एसएलसी पास गरेपछि २०२९ सालबाट राजनीतिक यात्रा थाल्नु भएको थियो । उहाँ राजनीतिक यात्राका क्रमममा पटक पटक पक्राउ समेत पर्नुभएको थियो । उहाँ पञ्चायतका बिरुद्ध एक दशक भन्दा बढी भूमिगत राजनीतिमा रहनु भएको थियो ।

    भूमिगत राजनीतिका क्रममा २०४५ सालमा उहाँ इलामका पक्राउ पर्नुभएको थियो । त्यसपछि उहाँले अखिल नेपाल महिला संघको अध्यक्ष पनि सम्हाल्नु भएको थियो । त्यसअघि २०३७ सालमा भूमिगत रहेकै अवस्थामा उहाँले पार्टीकै नेता अमृतकुमार बोहरासँग बिवाह गर्नु भएको थियो ।

    पछि उहाँ २०५६ सालको निर्वाचनमा पहिलो पटक संसदमा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७१ र ७४ सालमा पनि उहाँ काठमाडौंबाट संसदमा निर्वाचित हुनुभएको थियो । सालको निर्वाचनमा पनि उहाँ प्रदेश संसदमा निर्वाचित हुनु भएको थियो । उहाँ माधव नेपाल पक्षका नेतृको रुपमा चिनिदै आएपनि अन्त्यमा एमाले ओली पक्षमै खुल्न् भएको छ ।

    यो समाचार हामी न्युज २४ बाट साभार गरेका हौ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology