Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साइबर स्यालहरूबाट राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजे : विमलाकुमारी खत्री (वली)

साइबर स्यालहरूबाट राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजे : विमलाकुमारी खत्री (वली)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७८ बिहिवार • ११:२७:३७ बजे
  • 997
    SHARES
  • साइबर स्यालहरूबाट राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजे : विमलाकुमारी खत्री (वली)

    पोखरा । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)ले बुधबार विज्ञप्ति जारी गर्दै आफूलाई फसाउन खोजिएको आरोप लगाएकी छिन् । वलीले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजिएको आरोप लगाएकी छिन् ।

    images

    जारी विज्ञप्तिमा उनले भनेकी छिन ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्रहत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन । मेरो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरूबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’ आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि चरित्रहत्या गर्न खोजिएको उनको आरोप छ ।

    ‘मैले प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र ३ (२)बाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भएँ र पछि माओवादी केन्द्र र एमाले आफ्नै अस्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ,’ उनले भनेकी छिन्, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरूबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए ।

    मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दबाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयासस्वरूप नै मेरो चरित्रहत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’ उनले आफू जिम्मेवारीप्रति प्रतिबद्ध रहेको पनि बताएकी छिन् ।

    वाइसिएलका कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक कसैले ह्याक गरेर फोटोसपबाट तस्बिर जोडेर भ्रम छर्न खोजेको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फेसबुकमा मेरो र माननीयको फोटो जोडर पोस्ट गरेछ,’ उनले भने, ‘विमला मेरो दिदी हुनुहुन्छ, तर, पत्याउनै नसकिने गरी सामाजिक सञ्जालमा प्रस्तुत गरिएको छ, यसले हाम्रो चरित्रमाथि दाग लागेको छ ।’

  • सम्बन्धित विषय:

  • # विमला वली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology