Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपालका पुर्व प्रमुख स्वकीय सचिव यादव शर्मा वागमती प्रदेशको नयाँ प्रमुख

माधव नेपालका पुर्व प्रमुख स्वकीय सचिव यादव शर्मा वागमती प्रदेशको नयाँ प्रमुख

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • १०:२२:१६ बजे
  • 766
    SHARES
  • माधव नेपालका पुर्व प्रमुख स्वकीय सचिव यादव शर्मा वागमती प्रदेशको नयाँ प्रमुख

    पोखरा । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । सरकारले वागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

    images

    हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको छ ।

    प्रदेश प्रमुखमा सिफारिश भएका शर्मा माधव नेपाल निकट हुन् । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला उनी प्रमुख स्वकीय सचिव थिए ।

    गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology