Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका सांसद सभामुखको कार्यकक्षबाहिर धर्ना

नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका सांसद सभामुखको कार्यकक्षबाहिर धर्ना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • १२:४५:२९ बजे
  • 733
    SHARES
  • नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका सांसद सभामुखको कार्यकक्षबाहिर धर्ना

    माधव नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका केही सांसद सभामुखको कार्यकक्षबाहिर धर्ना दिएका छन्।

    images

    शुक्रबार सिंहदरबारस्थित सभामुख कक्षबाहिर खगराज अधिकारी, महेश बस्नेत सहितका केही सांसदले धर्ना दिएका हुन्।

    यद्यपि आज सभामुख अग्नि सापकोटा भने  नआउने भएका छन्।

    एमालेका सुवास नेम्वाङ र सभामुख अग्नि सापकोटाबीच कुराकानी भएको  सांसद महेश बस्नेतले जानकारी दिए।

    नेम्वाङसँगको कुराकानीमा सभामुखले ​आफूले जतिसक्दो चाँडो उक्त कुरा टुंग्याउने बताएको सांसद महेश बस्नेतले जानकारी दिए।

    यसअघि गत भदौ १ गते पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरेको थियो।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology