Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तालिवानले घर-घर गएर मानिसको खोजी गरिरहेको संयुक्त राष्ट्रसंघको दावी

तालिवानले घर-घर गएर मानिसको खोजी गरिरहेको संयुक्त राष्ट्रसंघको दावी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • १३:००:३१ बजे
  • 457
    SHARES
  • तालिवानले घर-घर गएर मानिसको खोजी गरिरहेको संयुक्त राष्ट्रसंघको दावी

    एजेन्सी । संयुक्त राष्ट्र संघले अफगानिस्तान कब्जा गरेको तालिवानले राष्ट्रसँग काम गरेका व्यक्तिहरुको खोजी गरिरहेको दावी गरेको छ ।

    images

    राष्ट्र संघको एक रिपोर्टमा अनुसार तालिवानी लडाकुहरुले घरघर गएर नेटोसँग काम गरेका व्यक्तिहरुलाई खोजिरहेको र परिवारका सदस्यहरुलाई धम्की दिइरहेको छ।

    तालिवानले भने आफूले सबैलाई माफी दिएको र बदला लिनका लागि कसैलाई पनि अपहरण गर्ने, बन्धक बनाउने वा हत्या गर्ने काम नगर्ने जनाएको थियो । तालिवानले अफगानिस्तानमा छिट्टै सरकार बनाउने भन्दै आफूलाई देश भित्र वा बाहिर कुनै दुश्मन नचाहेको समेत बताएका थिए।

    तर, तालिवानले नेटोसँग सम्बन्धित व्यक्तिलाई खोजिरहेको नर्वेनियन सेन्टर अफ ग्लोबल एनालाइसिसले जनाएको हो। उक्त संस्थाले संयुक्त राष्ट्र संघलाई ुइन्टेलिजेन्सु रिपोर्ट दिने गर्छ।

    उक्त संस्थाले तालिवानले ‘टार्गेट’मा राखेको व्यक्तिलाई पक्राउ गर्नेसक्ने, हत्या गर्नसक्ने, परिवारका सदस्यालाई सजाय दिन सक्ने सम्भावना रहेको समेत जनाएको छ। तालिवानको ‘ब्ल्याक लिस्ट’मा रहेकाहरुको सामुहिक नरसंहार हुन सक्ने चेतावनी समेत दिइएको छ।

    तालिवानले सत्ता कब्जा गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देश छाड्न चाहनेको भिड लागेको छ। दैनिक रुपमा सयौं व्यक्ति विमानस्थल पुगिरहेका छन्।

    अमेरिका, बेलायत र नेटो राष्ट्रका सदस्यहरुको आफ्नो दूतावासका कर्मचारी, नागरिक र सँगै काम गर्नेहरुलाई काबुलबाट फिर्ता लग्ने प्रयास गरिरहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology