Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी)

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • १५:५४:३५ बजे
  • 958
    SHARES
  • माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी)

    पोखरा । नेकपा एमालेबाट विभाजित भएर बनेको माधव नेपालको पार्टीको नाम अब नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ ।

    images

    यस अघि नेपालसमुहले भने नेकपा (एमाले समाजवादी) नाम प्रस्ताव गरिएको थियो । तर अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल समुहले नयाँ नामको प्रस्ताव लिएर आएको बताएका छन । उनले पार्टी दर्ताको प्रक्रिया पुरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

    गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धि विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम तय गर्न अदालतले भनेको थियो ।

    तर नेकपाले नयाँ नाम दिएन, त्यसपछि एमाले र माओवादी केन्द्र पुरानै दलको रुपमा ब्यूँतिएका थिए ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology