Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • १६:१६:५६ बजे
  • 949
    SHARES
  • वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

    काठमाडौं। वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। संखुवासभाका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख नियुक्तका लागि सिफारिस गरेको थियो। 

    images

    मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६३ (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। 

    शर्मा एमाले माधव नेपाल समूहको कोटाबाट प्रदेश प्रमुखमा सिफारिसमा परेका हुन्।

    यसअघि प्रदेशमा केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख विष्णुप्रसा प्रसाईँलाई हटाउने सरकारले निर्णय गरेको थियो।  सोही अनुरुप प्रसाईँलाई पद मुक्त गरी राष्ट्रपति भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology