Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट चर्चित हास्यकलाकार शम्भु थापाको निधन

कोरोना संक्रमणबाट चर्चित हास्यकलाकार शम्भु थापाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ५, २०७८ शनिवार • १०:४३:०३ बजे
  • 787
    SHARES
  • कोरोना संक्रमणबाट चर्चित हास्यकलाकार शम्भु थापाको निधन

    पोखरा। कोरोना संक्रमणबाट चर्चित हास्यकलाकार शम्भु थापाको निधन भएको छ ।

    images

    पाटन अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो । लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय ५५ वर्षका थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाएका थिए । उनले मह सञ्चारको ‘आमा’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका छन् ।

    केही चलचित्र  र धेरै टेलिश्रृङ्खलामा भूमिका निभाएका थापाको निधनप्रति कलाकारले दुःख व्यक्त गरेका छन् । 

    उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology