Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेत बाट गायक बिबी मल्ल ग्लोबल एनआरएन सिंगिङ आइडलको टप 15 मा पुगे

कुवेत बाट गायक बिबी मल्ल ग्लोबल एनआरएन सिंगिङ आइडलको टप 15 मा पुगे

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र ६, २०७८ आइतवार • ००:४५:३९ बजे
  • 1.8K
    SHARES
  • कुवेत बाट गायक बिबी मल्ल ग्लोबल एनआरएन सिंगिङ आइडलको टप 15 मा पुगे

    कुवेत बाट लोकप्रिय गायक बिबी मल्ल ठकुरी गैर आवासीय नेपाली संघ द्वारा संचालन गरिएकोग्लोबल एनआरएन सिंगिङ आइडलका टप 15 मा पुगेका छन । विभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै गायक मल्लले टप 15 को यात्रा तय गरेका हुन्‌ ।

    images

    नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक परिवार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजकुवेत लगायतका सस्थामा आवद्द र नेतृत्व गरि सकेका गायक मल्ल लोक गित पप आधुनिक गीत गायक हुन्‌ ।काली मेरै हो बोलको गितबाट थप चर्चा कमाएका गायक मल्ल अहिले ग्लोबल एनआरएन सिँगिङ आइडलका टप 15 मा पुगेपछि थप चर्चा बढेको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन-२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए ।

    भर्चुअलमार्फत्‌ भएको ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ दोस्रो जेनेरेसन'को 'गालाराउन्ड' बाट २५ जना प्रतिस्पर्धी छनौट भएका थिए, ति २५ मध्येबाट अहिले टप १५ मा पुगेको छजसमा कुबेतका गायक मल्ल पनि टप 15 मा छनोट भएका हुन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्‌, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएनसिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३०जनामध्येबाट गाला राउन्ड'मा २५ जना पुगेका थिए ।

    २५ जनाबाट अहिले टप 15 छनोट  भएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू चर्चित गायक उदयसोताङ र विजय लामा तथा गायिका प्राश्रा शाक्य र सुनिता दुलाल रहेका छन्‌ । निर्णायकको मत र भोटिङमार्फत्‌ प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन्‌ । ग्लोबल एनआरएनसिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत्‌ ४० प्रतिशत अंक प्राप्त गर्नेछन्‌ । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन्‌ । अब जति भोट गर्यो उति नै आफ्नो अघिल्लो चरणको यात्रा सहज हुने बताउदै गायक मल्लले एनआरएनए कुबेत, नेपालीसंघसस्था लगायत कुबेतबासी नेपालीमा आफुलाई सहयोग गर्न अनुरोध गरेका छन । गायक मल्लको भोटिंग कोड ०४ रहेको छ । 

    ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन्‌ । त्यसैगरी, दोस्रोपुरस्कार ४ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौंपुरस्कार ५० हजार रुपैयाँ राखिएको छ ।भने फाइनलमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयाेजकले जनाएको छ |

     

     

     

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology