Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७८ आइतवार • ११:५३:५४ बजे
  • 637
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

    नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।

    images

    नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो ।

    माओवादीमा केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरूको पूर्ति हुन सकेको छैन । शनिबार बसेको बैठकमा सांगठनिक विषय टुंग्याउने विषयमा छलफल थालिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology