Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने, २०३ बाटै माधव पक्षको सनाखत ४१ केन्द्रीय सदस्य भए नयाँ दलले मान्यता पाउने

एमालेले पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने, २०३ बाटै माधव पक्षको सनाखत ४१ केन्द्रीय सदस्य भए नयाँ दलले मान्यता पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७८ आइतवार • ११:५८:२८ बजे
  • 3.3K
    SHARES
  • एमालेले पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने, २०३ बाटै माधव पक्षको सनाखत ४१ केन्द्रीय सदस्य भए  नयाँ दलले मान्यता पाउने

    निर्वाचन आयोगले कानुन अनुसार नेकपा एमाले दर्ता हुँदाको बखतमा रहेको केन्द्रीय सदस्य संख्याबाट नै माधव नेपाललाई सनाखत गराउने भएको छ । कानुन अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी रहेको छ ।

    images

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको संख्या अद्यावधिक गरेर आयोगमा पठाएको थियो । गत भदौ १ गते मंगलबार मात्र ओलीले एमालेको आधिकारी माइन्युट गरेर २०३ सदस्य केन्द्रीय समितिलाई अद्यावधिक गरेर २६० संख्या निर्वाचन आयोगमा पठाएको थियो । तर, आयोगले नेता नेपालले आयोगमा दल दर्ताको लागि निवेदन दिएको अवस्थामा एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

    आयोगले नेपाललाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताको लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । नेपालले फरक पार्टी बनाउन अब २६० नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ । नेपालले २०३ सदस्यीय संख्यामा २० प्रतिशत पु¥याएको अवस्थामा नयाँ दलको मान्यता पाउने छ । ​माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता नदिने भएसँगै नेता नेपालले आयोगमा बुझाएका ५८ मध्ये ४१ केन्द्रीय सदस्य भए पनि पुग्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ जनाले मान्यता नपाएको खण्डमा पनि नेता नेपाललाई आवश्यक सङ्ख्या पुग्ने देखिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology