Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकीका मन्त्री थापाले सामाजिक सेवामा खर्च गरे आफ्‍नो पारिश्रमिक

गण्डकीका मन्त्री थापाले सामाजिक सेवामा खर्च गरे आफ्‍नो पारिश्रमिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ६, २०७८ आइतवार • १३:२६:४० बजे
  • 727
    SHARES
  • गण्डकीका मन्त्री थापाले सामाजिक सेवामा खर्च गरे आफ्‍नो पारिश्रमिक

    पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिकबापतको रकम सामाजिक सेवामा खर्च गरेका छन्।

    images

    उनले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिक रकमबाट शनिबार पोखरा–३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका छन्।

    कार्यक्रममा मन्त्री थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माणमा समेत खर्च गर्दै आएको बताए।

    कार्यक्रममा नेपाली कांग्रेस पोखरा–३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताए।

    कार्यक्रममा पार्टीका पूर्वजिल्ला सदस्य विष्णु पौडेल, महासमिति सदस्य केशवप्रसाद निर्दोषी र पोखरा–३३ भरतपोखरी तरुण दलका सभापति भूपेन्द्र थापालगायत सहभागी थिए

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology