Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लुम्बिनीका दुई सांसदको पद 'जोगाएपछि सभामुखको राजीनामा माग

लुम्बिनीका दुई सांसदको पद 'जोगाएपछि सभामुखको राजीनामा माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७८ आइतवार • १६:०४:५० बजे
  • 706
    SHARES
  • लुम्बिनीका दुई सांसदको पद 'जोगाएपछि सभामुखको राजीनामा माग

    लुम्बिनीमा सूर्य चिह्नबाट चुनाव जितेका २ सांसदलाई कारबाही गर्न नसकिने लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले निर्णय गरेको छ । सभामुख घर्तीले प्रदेश सभा सदस्य (सांसद) अजय शाही र विमला खत्री (ओली)लाई पदमुक्त गर्न (सांसद पदबाट हटाउन) नसकिने निर्णय गरेका हुन् ।

    images

    सूर्य चिह्नबाट निर्वाचित भएका उनीहरुले राजनीतिक दलसम्बन्धी ऐन विपरीत माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीमा समर्थन गरेकाले प्रदेश सभा सदस्यबाट कारबाही गरिएको भन्दै एमालेले प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो । नवलपरासी पश्चिमबाट सूर्य चिह्न लिएर (हृदयेश त्रिपाठी समूह)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी ओलीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्नुपर्ने एमालेको अडान छ ।

    दुवै जनालाई पदमुक्त नगरिएको भन्दै एमालेले प्रदेश सभा बैठक समेत अवरुद्ध पार्दै आएको छ । सभामुख घर्तीले भने एमालेले कारबाही गरेको सूचनाबारे सदनमा जानकारी दिन नसकिने निर्णय गरेको छ ।

    प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम एमालेले गरेको कारबाहीको सूचनाबारे सदनलाई जानकारी दिन नसकिने निर्णय भएको बताइएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएपछि एमालेले पत्रकार सम्मेलन गरेर सभामुखको राजीनामा माग गरेको हो ।

    Lumbini_UML.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # लुम्बिनीका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology