Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालयसहित एक राज्यमन्त्री पाउने

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालयसहित एक राज्यमन्त्री पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७८ आइतवार • १६:३१:५० बजे
  • 1.2K
    SHARES
  • माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालयसहित एक राज्यमन्त्री पाउने

    प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेको छ । स्रोतका अनुसार एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको हो । नेपाल पक्षले ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतको भनाई छ ।

    images

    दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । माधव नेपाललाई साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले पनि इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने मत पनि देखिएको छ । ‘तत्कालीन नेकपामा वामदेवले ओली वा प्रचण्डमध्ये एकजनाको पक्षमा उभिएका भए सचिवालयमा बहुमत हुन्थ्यो र पार्टी नफुट्न सक्थ्यो ।

    उनको चरित्र अहिले पनि त्यस्तै हो र उनीसँग कोही मान्छे पनि छैनन् । हामीले जोखिम मोलेर स्थापित गरेको सरकारमा भाग खोज्न लाज हुनुपर्ने हो ।’ माधव नेपालनिकट एक नेताको भनाई छ । माधव नेपालको पार्टीबाट सरकारमा जान पाउने सम्भावना नदेखिएपछि गौतम सचिवालयले एमालेमै रहेको विज्ञप्ति समेत सार्वजकि गरेको हो । गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् ।

    बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित नेपालनिकट स्रोतको भनाई छ । जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ । माधव नेपालको पार्टीले उपसभामुख पनि पाउन सक्ने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology