Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने - गुरुङ

ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने - गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • २३:०८:२४ बजे
  • 1.5K
    SHARES
  • ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने - गुरुङ
    लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गरेका छन् । लमजुङस्थित मस्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए । 
     
    आन्तरिक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरे । नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए । नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो ।


    सचेतक गुरुङले मस्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा गएको बाढीपहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका छन् । यही साउन ७ र ८ गते गएको बाढीले प्रभावित गाउँ तथा पहिरोको स्थलगत निरीक्षण गरेका थिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology