Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली र तेस्रो धारबीच वार्ता

ओली र तेस्रो धारबीच वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७८ सोमवार • १२:२५:१८ बजे
  • 1.3K
    SHARES
  • ओली र तेस्रो धारबीच वार्ता

    नेकपा (एमाले) विभाजनमा संलग्न नरहेको तर माधवकुमार नेपाल समूहमा रहँदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका छन् । एमाले उपाध्य भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण र योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरु बालकोट पुगेका छन् ।

    images

    उनीहरुले १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीबारे छलफल गर्ने कार्यक्रम छ । नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसद्हरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए । आइतबार दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए ।

    पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको बर्ता भएको बताइएको छ । माधव नेपाल छाडेका ५७ जना नेताहरुले अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेता नेपाललाई नयाँ दल दर्ताबाट पछि हट्न सुझाव दिँदै आएका छन् ।

    १० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ । १० बुँदे मोडालिटीबारे बालकोटमा छलफल भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology