काबुल विमानस्थलमा सोमवार अपरिचित बन्दूकधारीहरूले पश्चिमी सुरक्षाफौज तथा अफगान गार्डहरूमाथि गोली चलाउँदा दुवैतिरबाट गोली हानाहान भएको छ ।
घटनामा परी एकजना अफगान गार्डको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । घटनामा अमेरिकी र जर्मन फौजहरू पनि संलग्न रहेको जर्मन सेनाले ट्विटरमा जानकारी दिएको छ ।
तालिबानले गत साताको आइतवार काबुल नियन्त्रणमा लिएपछि विमानस्थलमा अव्यवस्था कायम छ । विदेशी सैनिकहरूले आफ्ना तथा अफगान नागरिकलाई सुरक्षित बाहिर निकाल्नका लागि प्रयास गरिरहेका छन् ।एजेन्सी