Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

'तेस्रो धार'

एमालेको 'तेस्रो धार' ओलीसँग छलफल गर्न बालकोटमा

एमालेको 'तेस्रो धार' ओलीसँग छलफल गर्न बालकोटमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १४:२९:०१ बजे
  • 1.0K
    SHARES
  • एमालेको 'तेस्रो धार' ओलीसँग छलफल गर्न बालकोटमा

    पोखरा। एमालेको 'तेस्रो धार'का नेताहरु सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि पुगेका छन् ।  पार्टी एकताका लागि भन्दै नयाँ राजनीतिक दल गठनका लागि औपचारिक प्रक्रिया सुरु गरेपछि माधवकुमार नेपालबाट अलग्गिएर छुट्टै समूह गठन गरेका नेताहरू र अध्यक्ष ओलीबीच बालकोटमा छलफल सुरु भएको हो ।

    images

    उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छलफलका लागि ओली निवास पुगेका हुन् । छलफलमा सहभागी नेताहरु पार्टी विवादमा समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य रहेका छन् । उनीहरुले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग छ ।

    अध्यक्ष ओली पक्षले १० बुँदे केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको र नेपालसहितका सांसदहरुमाथि कारबाही फिर्ता नहुने बताउँदै आएका छन् ।
    छुट्टै समूह बनाएर सक्रिय रहेका उनीहरुले नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन र नयाँ दल गठन प्रक्रिया रोक्नका लागि सर्त अघि सारेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology