Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले स्थायी समिति बैठकमा तेस्रो धार सहभागी हुने

एमाले स्थायी समिति बैठकमा तेस्रो धार सहभागी हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १७:२१:५६ बजे
  • 871
    SHARES
  • एमाले स्थायी समिति बैठकमा तेस्रो धार सहभागी हुने

    पोखरा । एमालेमा रहेका तेस्रो धारका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा सहभागी हुने बताएका छन ।

    images

    नेता माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबारको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

    अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि यसअघि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका हुन् ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यसयता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् । सोमबार ओलीसँगको छलफलपछि मंगलबार ११ बजे एमाले स्थायी समिति बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology