Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विवादास्पद एजेन्ट भट्टलाई लगानी बोर्डको सिइओमा नियुक्तिप्रति प्रचण्ड र खनालको गम्भीर आपत्ति

विवादास्पद एजेन्ट भट्टलाई लगानी बोर्डको सिइओमा नियुक्तिप्रति प्रचण्ड र खनालको गम्भीर आपत्ति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • २३:५४:४४ बजे
  • 1.8K
    SHARES
  • विवादास्पद एजेन्ट  भट्टलाई लगानी बोर्डको सिइओमा नियुक्तिप्रति प्रचण्ड र खनालको गम्भीर आपत्ति
    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले सरकारले विवादास्पद एजेन्ट सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।

    पार्टीको परामर्श र निर्णयविनै दुर्नाम पात्र भट्टको नियुक्तिप्रति गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा प्रचण्ड र खनालले आपत्ति जनाएका हुन् ।पार्टीभित्रको विवाद समाधानका लागि भनिएको छलफल भट्टकै नियुक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि केहीबेर तनाव भएको उच्चस्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले भने मिडियाले लेखेकै आधारमा प्रश्न उठाउनुको औचित्य नहुने भन्दै सरकारले योग्य व्यक्तिलाई नै नियुक्ति गरेको भन्दै उनको बचाउ गरेका थिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology