Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७८ मंगलवार • १०:२५:१८ बजे
  • 1.0K
    SHARES
  • आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

    नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने भएको हो । आजको बैठकमा एमाले विभाजनका क्रममा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

    images

    माधव नेपालको नयाँ पार्टीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्म अल्टिमेटम दिएका थिए। उनीहरूले सोमबार अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए। अध्यक्ष केपी ओलीसंगको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि आजेको बैठक तय भएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology