Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सहमतिको भ्रममा नपर्न माधव नेपालको आग्रह

सहमतिको भ्रममा नपर्न माधव नेपालको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७८ मंगलवार • १२:१८:१० बजे
  • 784
    SHARES
  • सहमतिको भ्रममा नपर्न माधव नेपालको आग्रह

    नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको ‘वार्ता र सहमति’ लाई छलकपटपूर्ण धोखा नाटक भनेका छन् । नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरतास्वरुप नै ‘वार्ता र सहमति’का नाटक मञ्चन भइरहेको नेता नेपालको दावी छ ।

    images

    सामाजिक सञ्जालमार्फत नेता नेपालले भनेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरुद्ध विद्रोह गर्दै कम्युनिस्ट आन्दोलन र संस्कृतिको रक्षा,मुलुकको सम्मृद्धि एव जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरता स्वरुप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचारहरु सर्वाजनिक भएका छन् ।

     छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न समेत अपील गरेका छन् । ‘ अतः यसप्रकारका छलकपटपूर्ण सामचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पुर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपील गर्दछु’, नेता नेपालको अपील छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology