Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अक्षय कुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारमा प्रतिबन्ध

अक्षय कुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारमा प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७८ मंगलवार • १६:०२:५४ बजे
  • 1.0K
    SHARES
  • अक्षय कुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारमा प्रतिबन्ध

    भारतीय अभिनेता अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाएका छन् । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर देखाएको भन्दै तीन मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् । फिल्मले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा साउदी, कुवेत र कतारले भने यसमाथि प्रतिबन्धको निर्णय गरेका हुन् ।

    images

    समाचारमा जनाइएअनुसार यो फिल्ममा सन् १९८० को दशकमा भएको विमान अपहरणको घटनालाई देखाउने प्रयास गरिएको छ । फिल्ममा अपहरणकारीले विमानलाई पाकिस्तानको लाहोरबाट कुवेत लगेको देखाइएको छ । वास्तविकतामा भने उक्त विमानलाई यूएईका रक्षामन्त्री शेख मोहम्मद बिन रासिद अल माक्टुमले व्यक्तिगत रुपमा यो घटनालाई सम्हालेका थिए ।

     यूएईको प्रशासनले नै अपहरणकारीलाई पक्राउ गरेको थियो । यही कारण खाडी मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएको हुनसक्ने समाचारमा उल्लेख छ । ‘बेल बटम’मा भानी कपुर, लारा दत्त, हुमा कुरेसी, अदिल हुसेनलगायतका कलाकारले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । एजेन्सीहरुको सहयोगमा

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology