Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दै

निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • ०९:३९:१० बजे
  • 835
    SHARES
  • निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दै

    निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दैछ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले आजै दर्ता गर्ने तयारी गरेको हो । आयोगले सनाखतसहित आवश्यक सम्पूर्ण प्रक्रिया आजै टुंग्याएर दल दर्ताको निर्णय गर्ने जनाएको छ । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, आज सनाखत सक्छौंं र दर्ताको निर्णय पनि आजै गर्छौं,’ आयोग स्रोतले बतायो । आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिंदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज विहान ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाएको छ ।

    images

    आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिंदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई मात्र सनाखतका लागि उपस्थित हुन भनेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।

    नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना सदस्यलाई नयाँ दल खोल्न नेपाल समूहले आयोगमा उपस्थित गराउनु पर्ने हुन्छ । त्यस्तै, नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।

    त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर रहेको छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहनेगरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology