नेकपा (एमाले)बाट विभाजन भएर दल दर्ताका लागि निवेदन दिएका नेकपा(एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्नेक्रम जारी छ ।
नयाँ पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित, रामकुमारी झाँक्रीलगायतका नेताहरु आयोग पुगेका छन् । उनीहरु चन्द्रागिरिबाट सिधैँ निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए ।