Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ९, २०७८ बुधवार • ११:३९:५८ बजे
  • 556
    SHARES
  • काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

    एजेन्सी ।अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ।

    images

    रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ।

    छलफलका क्रममा उनीहरूबीच काबुलस्थित चिनियाँ दूतावास र कूटनीतिज्ञको सुरक्षा, अफगानको अहिलेको अवस्था र चीनले गर्न सक्ने मानवीय सहायताबारे कुराकानी भएको जनाइएको छ।

    अमेरिकालगायत केही देशहरूले काबुलको दूतावास बन्द गरेर कूटनीतिज्ञलाई उद्धार गरेका बेला चीनले भने काबुल दूतावासले निरन्तर काम गरिरहेको जनाएको छ।

    यसअघि मंगलबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले तालिबानमाथि प्रतिबन्ध लगाए त्यो फलदायी नहुने बताएका थिए। तालिबानमाथि प्रतिबन्धको साटो अफगानिस्तानको सकारात्मक विकासमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नु पर्ने उनको भनाइ थियो।

    उसो त तालिबानले काबुल कब्जा गर्नुअघि नै चीनले तालिबान नेताहरूलाई आफ्नो देशमा स्वागत गरेको थियो। केही साताअघि चीन पुगेर तालिबानका उच्च तहका नेता मुल्लाह अब्दुल घानी बारादारले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology