Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोके

तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोके

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ९, २०७८ बुधवार • ११:४४:२९ बजे
  • 646
    SHARES
  • तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोके

    एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन्।

    images

    द गार्डियनका अनुसार तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द  गरेका छन्।

    तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका छन्- काबुल विमानस्थलमा पुग्ने सडक बन्द गरिएको छ। विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन।

    तालिबानको उक्त कदमले उनीहरूको शासनमा बस्नुभन्दा विदेश जान उपयुक्त हुने ठानेका हजारौं अफगानहरूलाई समस्या भएको छ।

    तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अफगानहरूलाई विमानस्थल जान नदिनुका दुई कारण रहेको बताएका छन्। एकातिर थुप्रै अफगानहरू विमानस्थलमा जाँदा भागदौड हुने भएकाले उनीहरूलाई बचाउन त्यसो गरिएको उनको तर्क छ भने अर्कातिर तालिबानले इन्जिनियर, डाक्टरजस्ता दक्ष जनशक्ति विदेश नजाऊन् भन्ने चाहेको उनले बताए।

    ‘हामीले अमेरिकीहरूलाई हाम्रा नागरिक लैजाने प्रक्रिया बन्द गर भनेका छौं,’ उनले भने,‘यो देशलाई उनीहरूको विज्ञता चाहिएको छ। उनीहरूलाई अर्को देशमा लैजानु हुँदैन।’

    तालिबान प्रवक्ता मुजाहिदले अमेरिकी र नाटो सैनिक अगस्ट ३१ सम्म फर्किसक्नु पर्ने यसअघिको अडान पनि दोहोर्‍याएका छन्।

    ‘उनीहरूसँग जहाज छन्, विमानस्थल उनीहरूले नै चलाएका छन्। उनीहरूले आफ्ना नागरिक र कन्ट्र्याक्टरलाई यहाँबाट छिटो लैजानुपर्छ,’ उनले भने।

    उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफूहरूले अगस्ट ३१ को समय सीमाभित्र सबै नागरिकको उद्धार गरिसक्ने काम गरिरहेको बताएका छन्।

    ‘हामी जति छिटो त्यहाँबाट निस्कन्छौं त्यति नै राम्रो,’ बाइडेनले भनेका छन्,‘हरेक दिनको कामले हाम्रा सैनिकहरूलाई थप चुनौती बढ्छ।’

     उनले तालिबानहरूले कसरी सहयोग गर्छन् भन्ने कुराले अगस्ट ३१ पछि पनि उद्धार कार्यक्रम जारी रहने कि नरहेन भन्नेमा भर पर्ने बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology