नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर फर्किएका छन् । नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् ।
दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोग पुगेका हुन् । २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको नाम पनि थियो ।
ओली पक्षका नेताहरुले प्रदीप नेपाल एमाले नछाडेको बताएका थिए । यसैबीच, नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत सुरु भएको छ । चन्द्रागिरिमा दुई दिनसम्म छलफल गरेका सो पक्षका नेताहरु त्यहाँबाट सिधैँ आयोग पुगेका थिए।